गीत

image
बुधबार, भाद्र २४ २०७७

कुर्दाकुर्दै सिंगै साँझ .........

हिजोजस्तै जुनकिरीको तालमा गीत गाउन माया !

कुर्दाकुर्दै सिंगै साँझ बित्नै लाग्यो आउन माया !!

भेटेपछि हिजोजस्तै मनमुटुका बात गरौंला,

बरपिपलको छेलपरी हाँसखेल गरी धित मारौंला

पैलेजस्तै छिनछिन बज्ने हातमा चुरा लाउन माया !

कुर्दाकुर्दै सिंगै साँझ बित्नै लाग्यो आउन माया !!

मन बिसाउँला चौतारीमा पछेउरीको फेरो समाई,

भविष्यका योजनालाई बुनौंला‘नि रमाईरमाई

सधैंजस्तै उही ठाउमा खुशी हुदै धाउन माया !

कुर्दाकुर्दै सिंगै साँझ बित्नै लाग्यो आउन माया !!

हिजोजस्तै जुनकिरीको तालमा गीत गाउन माया !

                                                                 -बुद्धिसागर अधिकारी, पोखरा