प्रचण्ड-माधव पक्षको आन्दोलन....

image
बुधबार, माघ २८ २०७७

माघ,२८ काठमाडौं ।   प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) ले आज गर्न लागेको शक्ति प्रदर्शनन्तर्गत जुलुस निस्कने क्रम शुरू भएको छ ।

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल गरी उपत्यकाका पाँच ठाउँबाट निस्कने जुलुसको लागि नेता कार्यकर्ता भेला हुँदैछन्। अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बाहेकका सबै केन्द्रीय नेताले जुलुसको नेतृत्व गर्ने बताइएको छ ।