अनेरास्ववियु (महिला) मकवानपुरद्वारा स्टेशनरी सामाग्री वितरण

image
सोमबार, फागुन २३ २०७८

मकवानपुर,२३ फागुन/ नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु (महिला) मकवानपुरद्वारा साेमबार मनहरी-२ स्थित सिता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । ११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त स्टेशनरी सामाग्री वितरण गरिएको हाे । 

 

कार्यक्रमको अध्यक्षता तथा अनेरास्ववियु मकवानपुर महिला विभागका प्रमुख स्वेच्छा दंगालका अनुसार विद्यार्थीहरूलाई लक्षित गर्दै उनीहरूकाे पठनपाठनमा सहयाेग पुगियोस भन्ने उद्देश्य राखी स्टेशनरी सामाग्री वितरण गरिएकाे बताउनुभयाे । 

कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु जिल्ला उपाध्यक्ष अमृत बर्तौला, अनेरास्ववियु मकवानपुरका सचिव पुष्कर तिमल्सिना, सहसचिवद्वय प्रमोद फुयाल र दिनेश हुमागाइ, सचिवालय सदस्यहरु र विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।