तिमी र दशैं
*************
तिमी त खुशी नै छौ, म भएँ सारै दुखी
सङ्गगै भएर अपसोच धेरै टाढा भए जस्तो
उमंग उल्लास त्यसै कतै हराइरहे जस्तो
भेट्दा पनि ठुस्स कारण बिडम्बना यस्तो।।
पटक पटक आँगनबाट फर्केको थिएँ
अहिले त बरै त्यो पनि गार्हो भए जस्तो
प्रतिवादी दुश्मन लम्कि निकटतामा पुग्दा
परिस्थिति किन निर्दयी बनिदियो यस्तो।।
गुलियो बनाउन त्यो अमिलो सम्बन्धलाई
नवीकरण गर्न त्यी भावना र साइनोलाई
कुकुर भुकाउदै समिपमा जाउँ जस्तो
यस पटक प्रदुषित बिजयादशमी कस्तो।।
- Rishi Khatiwada, Pokhara