अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले राईकै पक्षमा...

image
सोमबार, माघ ५ २०७७

माघ,५ काठमाडौं  । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन्।

आइतबार प्रदेश नं. १ प्रदेशसभा सचिवालयमा पत्र पठाउँदै सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गरेको जानकारी गराएका हुन्। उनीहरु प्रचण्ड नेपाल समूहका सांसद हुन्। नेकपाका ३७ सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये यसअघि २ सांसदले हस्ताक्षर फिर्ता गरिसकेका छन् ।