सुनको भाउ घट्यो, अझै घट्ने सम्भावना...

image
आइतबार​, फागुन १६ २०७७

फागुन,१६ काठमाडौं ।  हप्ताको पहिलो दिन आज पनि सुनचाँदीको भाउ घटेको छ ।आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि अस्ति शुक्रवार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७ सय ३५ डलर छ । भाउ घटेर प्रतिऔंस १७ सय डलरमा झर्ने सम्भावना छ । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

फाल्गुन महिनाको पहिलो दिन तोलामा ९० हजार ८ सय कायम भएको सुन त्यसपछिका दिनहरूमा सो मूल्यभन्दा माथि पुगेको छैन।