पाल्पाको रानिमहल क्षेत्रमा र्याफ्टिङको क्रममा डुङ्गा पल्टिंदा ६ जना बेपत्ता

image
बिहीबार, आषाढ २ २०७९

पाल्पा जिल्लाको कालीगण्डकी नदिको किनारमा अवस्थित प्रसिध्द पर्यटकिय स्थल रानिमहल क्षेत्रका  र्‍याफ्टीङ्ग गर्ने क्रममा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् ।

उक्त डुंगामा सात जना रहेका थिए,  र डुंगा चालकले एक जनालाई उद्धार गरेका छन्  भने बाँकी ६ जना नदीमै बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटकहरू रहेका छन् । बेपत्ता हुनेहरूको सेना र सशस्त्र प्रहरी परिचालन गरि खोजि कार्य भइरहेको छ ।