नेशनल प्याव्सन काठ्माडौंको आयोजनामा जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगिता

image
शुक्रबार​, जेष्ठ २७ २०७९

नेशनल प्याव्सन काठ्माडौंको आयोजनामा जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगिता आज देखि सुरू भएकोछ । नेशनल प्याव्सन वुढानिलकण्ठ नगर कार्य समितिको संयोजन तथा काठमाडौं जिल्ला समितिद्वारा आयोजित काठमाडौं जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज जेष्ठ २७ गते बाट नेशनल आईडियल स्कूल, मण्डिखाटारमा सुरू भएकोछ । प्रतियोगिता २७, २८, र २९ गते सम्म रहनेछ । प्रतियोगितामा करिब ६१ भन्दा धेरै विद्यालयका ८६ भन्दा बढि टिमहरू सहभागि हुदैछन् । प्रतियोगीहरूलाई सबै विधाहरू बाट प्रश्न सोधिने र यसअन्तर्गत 'जेनेरल राउण्ड, डिजिटल राउण्ड, र्‍यापिड फायर राउण्ड, बजर राउण्ड र अडियो भिडियो राउण्ड गरि पाँचवटा चरणहरू रहने छन् । बिजयी सहभागि विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्तवना पुरस्कार स्वरूप ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद प्रदान गरिने नेशनल प्याव्सन बुढानिलकण्ठ नगर कार्य समितिका सहसचिव तथा कार्यक्रमका संयोजक टेन्जिङ भुटियाले पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो । यसै कार्यक्रमको अवसरमा बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना प्रदान गरिने नेशनल प्याव्सन बुढानिलकण्ठ नगर कार्य समितिका अध्यक्ष नारायण तिमिमल्सेनाले बताउनुभयो । कार्यक्रमको सञ्चालन नेशनल प्याव्सन बुढानिलकण्ठका सचिव लेख जंग खत्रीले गर्नुभएको थियो । कार्यक्रम बिहान ७ बजेबाट बेलुका ४ बजेसम्म रहनेछ ।