काभ्रेको पाँचखाल पुग्यो सलह 

image
मङ्गलबार, आषाढ १६ २०७७

काठमाडौं । नेपाल भित्रिएको सलह किरा काभ्रेको पाँचखाल पुगेको छ । पाँचखाल नगरपालिकाका वडा नम्बर २, ३, ४ र ७ मा सलह देखिएको नगर प्रमुख महेश खरेलले बताए ।

"सलह देखिएको ठाउँमा आगो बालेर धुवा निकाल्ने, थाल ठटाउने होहल्ला गर्ने, ध्वनी निकाल्नेलगायतका कार्य भइरहेका छन्," उनले बाह्रखरीसँग भने ।

केही सयको झुन्डमा सलह देखिएको र ठुलो झुन्ड भने नदेखिएको उनले बताए ।

अहिलेसम्म ठूलो क्षति भने नभएको उनले बताए । सबै वडाअध्यक्ष र कृषि प्राविधिक पनि नियन्त्रण पहलमा लागेको उनले बताए ।