सामान्य विवादमा साथीको हत्या

image
शुक्रबार​, आषाढ १२ २०७७

असार,१२ काठमाडौं । काठमाडौं–१५, बिजेश्वरीमा एक जना पुरुषको हत्या भएको छ ।

ओखलढुंगा घर भएका अन्दाजी ३५/४० वर्षका श्याम परियारको हत्या भएको हो । घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले बताए ।

पक्राउ पर्नेमा ओखलढुंगाका शम्भु विक, काठमाडौं, पक्नाजोलका कृष्णमान शाक्य र काभ्रेका राम लामा तामाङ छन् ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टका अनुसार मादक पदार्थ सेवन गरेको नसामा विवाद हुँदा तीन जनाले परियारमाथि हातपात गरेको पाइएको छ । प्रहरीले शुक्रबार बिहान तीनै जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ ।

‘सिमेन्टबाट बनेको ढलान ढुंगाले टाउकोमा प्रहार गरेर घाइते बनाएर घटनास्थलमै गएर छाडेर गएको पाइएको छ’, भट्टले  भने, ‘ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अब विस्तृत अनुसन्धान थाल्छौं ।’