काठमाडौं । कपिलवस्तुमा लाखौंको संख्यामा देखिएको सलह उत्तर तथा दक्षिणतर्फका जिल्लातर्फ पनि गएका छन् । अहिले सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि सलहका झुन्ड देखिएका छन् । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार करिब ८÷१० लाखको झुन्डमा कपिलस्तुमा देखिएको सलह अर्घाखाँची, दाङ, प्युठान र रोल्पातर्फ पनि गएको छ ।
गत शनिबार नेपाल प्रवेश गरेको सलहको संख्या कम देखिए पनि आइतबार साँझ कपिलवस्तुमा करिब ८÷१० लाखको नयाँ झुन्ड देखिएको थियो । सलह तराई, भित्री मधेस हुँदै पहाडी क्षेत्रमा पनि फैलिएको छ ।