साउन,१ एजेन्सी। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणको घटनाहरु वृद्धि भएको छ । बिहीबार त्यहाँ ६१ नयाँ घटनाहरूको रिपोर्ट गरिएको छ। एक दिन अघि संक्रमणको ३९ नयाँ घटनाहरूको पुष्टि भएको थियो ।
देशका स्वास्थ्य अधिकारीहरुले भनेका छन्, ४७ जना बाहिरबाट आएका मान्छेहरुमा कोरोनाको केस भेटिएको छ। यीमध्ये २० वटा घटना इराकबाट फर्केका व्यक्तिहरूमा रहेको पाइएको छ ।अधिकारीहरूले चेतावनी दिएका छन्, इराकबाट फर्केका व्यक्तिहरूको कारण संक्रमणको घटना बढ्न सक्छ ।