कात्तिक, १९ काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आ त्मह त्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो ।
रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मु द्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।
टेलिभिजनमा प्रशारित एक भिडियोमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ । यद्यपि अहिलेसम्म प्रहरीले भने अर्नबलाई पक्राउ गरिएको आधिकारिकरुपमा जानकारी दिएको छैन । साथै उनलाई कुन मामिलामा अनुसन्धानको लागि हिरासतमा लिइएको भन्ने पनि स्पष्ट पारेको छैन ।