काठमाडौं उपत्यकामा ८७५ जनामा कोरोना संक्रमण, अवस्था झन् भयावह बन्दै

image
बिहीबार, श्रावण २२ २०७७

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ सय ७५ पुगेको छ ।लकडाउन खुकुलो भएसंगै देशभर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । हालसम्म उपत्यकाका ३ ओटै जिल्लामा जम्मा गरी ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो विवरणअनुसार काठमाडौंमा ६ सय ७४ जना,ललितपुरमा १ सय ३४ जना र भक्तपुरमा ७८ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार मात्रै उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए । जसमध्ये काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।आज देशभर ३ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म २१ हजार ७ सय ५० जनामा कोरोना संक्तमण पुष्टि भइसकेको छ ।