कास्कीमा भुकम्पको धक्का महसुस

image
बिहीबार, भाद्र ११ २०७७

भदौ,११कास्की।  कास्कीको हेम्जामा केन्द्रविन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो। भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयवासी लक्ष्मी पाण्डेले जानकारी दिए।उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ।