६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिसक्न मन्त्रालयको आग्रह

image
आइतबार​, श्रावण १८ २०७७

 साउन, १८ काठमाण्डाैँ । दैनिक कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष माथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ तथा काठमाण्डौ जस्तै घना बस्ती भएका क्षेत्रमा जोखिममा पर्ने उमेर समूहका मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको बताए ।आइतबार (आज) देशभरका प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ३१ सहित देशभर २ सय ४६ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जना गरी कुल ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

यस्तै गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको छ ।योसँगै नेपालमा कोरोना संक्रमित हुने व्यक्तिको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

त्यस्तै वितेको २४ घन्टामा १ सय ११ जना संक्रमितहरु निको भएर फर्केका छन् । अहिलेसम्म १४ हजार ६ सय ३ जनाले कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।