साउन, २८ जनकपुर। जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण गएराती मृत्यु भएको छ ।
१५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको गएराती मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गीरीलाई श्रीएयरलायन्सको विमान चार्टर गरेर काठमाडौं ल्याइएको थियो ।