पोखरामा २० घण्टाका नवजात शिशुमा कोरोना संक्रमण

image
बुधबार, आश्वीन १४ २०७७

असोज, १४  पोखरा ।   पोखरामा नवजात शिशुमा कोरोना भइरसको संक्रमण देखिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २० घण्टाको नवजात शिशुमा कोरोना पोजिटिभ देखिएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवजात शिशुसहित थप ३ जनामा संक्रमण देखिएको हो। २० घण्टाका नवजात शिशुको प्रतिष्ठानको एनआइसियुमा भर्ना गरेर उपचार भइरहेको छ।अन्य २ संक्रमितलाई व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।