काठमाडाै‌ं उपत्यकामा थपिए ९०२ कोरोना संक्रमित

image
बुधबार, आश्वीन १४ २०७७

असोज, १४ काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २४ हजार १ सय ६० पुगेको छ।

काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ३५७ र भक्तपुरमा  १ हजार १२७ संक्रमित पुगेका छन्।पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५९ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। २४ घण्टा १ हजार ५७  जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ५६ हजार ४२८ जना पुगेको छ।