असोज, ११ काठमाडौं । आफ्नै निवासमा कार्यरत सैनिकमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नु भएको छ।
प्रधानसेनापति निवासको भान्सामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थापा आजदेखि क्वारेन्टिनमा बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै सेल्फ क्वारिन्टिनमा बसेको निर्देशनालयले जनाएको छ।