काठमाडौं उपत्यकामा थपिए ७२४ कोरोना संक्रमित

image
शनिबार, आश्वीन १० २०७७

असोज,१० काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई  कोरोना संक्रमण देखिएको छ।उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्। पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको भएका छन्। योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३.८ प्रतिशत हो।