यी हुन् स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन दिने ८ उम्मेदवार

image
सोमबार, आश्वीन १२ २०७७

असोज,१२ काठमाडौं । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि ८ जना उम्मेदवारले आवेदन दिएका छन्। बोर्डमा खुला प्रतिस्पर्धाबाट निर्देशक छान्ने व्यवस्था छ।

बोर्डको कार्यकारी निर्देशकका लागि इच्छुकले आवेदन दिने अवधी आइतबार ५ बजेसम्म तोकिएको थियो। उक्त अवधिमा ८ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यकारी निर्देशकका लागि नाम सिफारिस गर्न सर्च कमिटी गठन गरेको थियो। उक्त किमटीको निर्णय अनुसार निर्देशकका लागि दरखास्त हाल्न भदौ २७ गते १५ दिनको समय दिएर सार्वजनिक सूचना जारी गरिएको थियो। 

यी हुन् आवेदन दिनेहरु
१. डा पुष्पमणि खराल
२. शुकल्याण पराजुली
३. प्रकाशराज पन्त
४. डा कृष्णप्रसाद अधिकारी
५. दामोदर बसौला
६. प्रा गुञ्जबहादुर जिसी
७. सुदर्शन पौडेल
८. चुडामणि भण्डारी