पछिल्लो २४ घण्टामा १५१३ मा कोरोना संक्रमण पुष्टि

image
मङ्गलबार, आश्वीन १३ २०७७

असोज,  १३ काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।