पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, आश्वीन २३ २०७७
असोज,२३ काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।