थप १५ सय ५१ संक्रमित भेटिए कुल संख्या ९० हजार नाघ्यो...

image
मङ्गलबार, आश्वीन २० २०७७

असोज, २० काठमाडौं ।  नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय भन्दा बढी संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा १ हजार ५ सय ५१ संक्रमित भेटिएका हुन् ।योसहित नेपालमा कूल संक्रमितको संख्या ९० हजार नाघेको छ ।

आज भेटिएका संक्रमितभन्दा कोरोनामुक्त भएर घर जानेको संख्या उच्च छ । वितेको २४ घन्टामा २ हजार ३ सय ४० जना संक्रमित कोरोनामुक्त भएर घर फर्केका छन् । अहिलेसम्म कोरोना मुक्त हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ६३ पुगेको छ । पछिल्लो २४ घन्टामा ९ जनाको कोरोनाको कारण ज्यान गएको हो ।