उपत्यकामा ३ वर्षे बालक सहित १२ जना संक्रमितको निधन

image
सोमबार, आश्वीन १९ २०७७

असोज, १९ काठमाडौँ ।  २४ घन्टामा काठमाडौं उपत्यकामा ३ वर्षे बालक सहित १२ जना कोरोनाको कारण निधन भएको छ ।देशभर १९ जनाको निधन हुँदा १२ जना काठमाडौं उपत्यकाकै रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर १४ जना र ५ जना महिलाको निधन भएको हो ।काठमाडौं जिल्लामा ३ महिला र ६ जना पुरुष गरी ९ जना र ललितपुर जिल्लामा ३ वर्षे बालक सहित ३ जना पुरुषको ज्यान गएको हो ।

सोमबार कोरोनाबाट निधन हुनेको विवरण ।आजसम्म निधन हुनेको संख्या ५ सय ५४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभर १३ हजार ७ सय ८१ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ सहित देशभर २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको बताए ।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। आइतवार मन्त्रालयले २ हजार २ सय ५३ सङ्क्रमित फेला परेको र पाँचमहिने शिशुसहित ७ जनाको मृत्यु भएको बताएको थियो।

गत शुक्रवार मन्त्रालयले २ हजार ७ सय जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको छ। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।त्यसयता प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या २ हजार नाघिरहेको छ।योसहित देशभर संक्रमित भएको कूल संख्या ८९ हजार २ सय ६२ पुगेको छ ।