कोरोना अपडेट : १५ जनाको निधन नयाँ संक्रमितको संख्या २ हजार नजिक

image
बिहीबार, कात्तिक २७ २०७७

कात्तिक,२७ काठमाडौं । नेपालमा थप १५ जना व्यक्तिले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार वितेको २४ घन्टामा १ हजार ९१३ नयाँ संक्रमित थपिएका छन् भने सोही अवधिमा २ हजार ३४९ संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

आजसम्म कोरोना संक्रमित हुनेको कूल संख्या २ लाख ४ हजार २४२ पुगेको छ जसमध्ये १ लाख ६४ हजार ५९३ जना कोरोनामुक्त भएका छन् । कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ हजार १८९ पुगेको छ ।

अहिलेसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ जनाको परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ पुगेको छ । जसमध्ये ठूलो संख्यामा होम आइसोलेशनमा बस्नेहरु छन् ।