स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित २ जना थानकोटबाट पक्राउ....

image
सोमबार, पौष २० २०७७

पुस, २० काठमाडौं ।स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौंको थानकोटबाट दुई जना पक्राउ परेका छन् ।कपिलवस्तुबाट काठमाडौं तर्फ आइरहेको प्रदेश ३ -०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तुको वाणगङ्गाका सङ्गम थारुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले जनाएको छ ।

उनीहरुले कारको डिक्किमा स्पेयर टायरमुनि लगायत कारको बिभिन्न भागमा लुकाईछिपाई ३ वटा झोलामा पैसा राखेको प्रहरीले जनाएको छ ।

भारतबाट भारतीय रूपैयाँ ल्याएर नेपालको सीमा क्षेत्रमा पटक–पटक गरी नेपाली रुपैयाँमा सटही गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।