काठमाडौंको पवित्रनगरमा नवजात शिशु फेला...

image
बुधबार, माघ ७ २०७७

माघ,७ काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा नवजात शिशु फेला परेको छ ।पवित्रनगरस्थित झाडीमा बुधबार बिहान नवजात शिशु फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।‘बिहानको समयमा नवजात शिशु रोएको स्थानीयले सुनेछन्,’ डीएसपी विष्टले भने,  ‘गएर हेर्दा भर्खरै जन्मेको शिशु देखेपछि प्रहरीलाई खबर भयो । नवजात शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ ।’

प्रहरीले झाडीमा नवजात शिशु लगेर फाल्ने २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने महिला अविवाहित रहेको र उनको पनि कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।