मेरो रगतलाई नविर्सनु होला !

image
मङ्गलबार, माघ २० २०७७

माघ, २० काठमाडौं । प्रतिगम बिरुद्व दैनिक वृहत नागरिक आन्दोलन भैरहेको छ ।सहिद गङ्गालाल र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थान शोभाभगवतीमा आज एक कार्यक्रमको आयोजना गरियो ।

वृहत नागरिक आन्दोलनमा सहभागीहरुले संविधान माथीको प्रहार इतिहासकै ठूलो अत्याचार, दलको झगडामा संविधानलाई बलि चढाउन पाईदैन, सरकार संविधान सुधार्ने कि मास्ने ? जस्ता प्लेकार्ड बोकेका थिए ।त्यहाँ थारु, डोटेली, नेपालभाषाको कविता वाचन गरिएको थियो भने शिल्पी थियटरले नाटक प्रस्तुत गरेको थियो ।