कल्पना मुडभरीलाई आजीवन जेल सजाय, छोरीले पाइन् सफाई : गोंगबु हत्या प्रकरण

image
बुधबार, फागुन १९ २०७७

फागुन, १९ काठमाडौं । गोंगबुमा कृष्णबहादुर बोहोराको विभत्स हत्या प्रकरणमा संलग्न कल्पना मुडभरीलाई आजीवन जेल सजाय सुनाइएको छ ।जिल्ला अदालत काठमाडौँले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको हो ।

कल्पनाले गत साउन २५ गते आफ्नै कोठामा दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहराको शरीर र टाउको काटेर सुटकेशमा हाली सडकमा फालेकी थिइन् ।सोही घटनामा संलग्न रहेकी कल्पनालाई आजिवन काराबासको फैसला सुनाएको र उनकी छोरीलाई भने सफाइ दिने फैसला गरेको छ । नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो ।

साथै, अदालतले मृतक बोहराको परिवारलाई राज्य कोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिएको छ ।

कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आफ्नो १६ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन् । चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो ।