त्रिचन्द्रका विद्यार्थीहरूले खाेपलाङमा गरे माटाे परीक्षण
भिमफेदी गाउँपालिका वडा नं.-१ मा रहेकाे सुपारेटार नजिकै खाेपलाङमा क्याम्पस विद्यार्थीहरूले मंगलबार माटाे, ढुङ्गाकाे अध्ययन परीक्षण गरिएको छ। काठमाडौंकाे घणटघरमा अवस्थित त्रिचन्द्र क्याम्पस एम्.एस्.सी. इन्जिनियरिङ एण्ड जियाेलाेजीका विद्यार्थीहरूले परीक्षण गरिएकाे हाे ।
बाटाे चार लेनकाे बनाउन, सुरूङमार्ग बनाउन मिल्ने नमिल्ने, पहिराे जान सक्ने अवस्था र नियन्त्रणकाे लागि परीक्षण गरिएकाे क्याम्पसका सह-प्राध्यापक अनन्त गजुरेलले बताए ।
२४ जना विद्यार्थीहरूकाे टाेलीले परीक्षणकाे समय १३-१४ दिनकाे लागि भनिए पनि हाल काेराेनाकाे कारण १ दिनमै सकाउन बाध्य भएकाे प्राध्यापक गजुरेलले बताए । उनका अनुसार सरकार लकडाउन गर्ने कि नगर्ने भन्ने साेचमा हुँदा हामीले परीक्षणकाे समय नछाेटाइएकाे हुनाले१ दिनमै परीक्षण राेक्न परेकाे बताए । परीक्षणका लागि चाहिने सामाग्रीहरू बुटन कम्पास, आँखा लेन्स, नेम टेप आदिकाे व्यवस्था सहित विद्यार्थी हरू आएकाे अर्का प्राध्यापक छवि लाल पाेखरेलले बताए ।
(Reporter Eros Lama)