हेटाैंडा/ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश प्रहरीमा कार्यरत प्रहरी निरीक्षक रोशन थापालाई २०७७ चैत महिनाकाे सर्वोकृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । कामकाे उचित मुल्याङकन र कार्य सम्पादनको स्तरमा थापालाई प्रदेशभरीकाे सर्वोकृष्ट प्रदेश प्रहरी घाेषणा गरिएको बागमती प्रदेश प्रहरीले जनाएकाे छ।
बागमती प्रदेश प्रहरी कार्यालयकाे उल्लेखित व्यवस्था अनुसार २०७७ चैत महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी थापालाई घोषणा गरीएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले बताइन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक थापाले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक ढंगबाट सम्पादन गर्दै टेलिभिजन कार्यक्रम निर्माण, सम्पादन, संचालन लगायतका कार्यहरुमा नियमित खटिई उत्कृष्ट श्रव्यदृष्य सामाग्री समेटिएको टेलिभिजन कार्यक्रम निर्माण लगायत यस प्रदेश अन्तर्गत २२ वटा भन्दा बढि रेडियो स्टेशनहरुबाट समेत पाक्षिक रुपमा प्रसारणको व्यवस्थाको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दे आएकाे हुनाले अरू प्रहरीहरूलाई पनि प्राेतसाहित गर्न प्रहरी निरीक्षक थापालाई चैत महिनाको सर्वोकृष्ट प्रदेश प्रहरी घोषणा गरीएको बागमती प्रदेेश प्रहरीले जनाएको छ । थापालाई बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले सर्वोकृष्ट प्रहरी घाेषणा गर्दै सम्मान पत्र प्रदान गरेका थिए । (Reporter Eros Lama)