मकवानपुरकाे भिमफेदी गाउँपालिका वडा नं. १ तथा त्रिभुवन राजपथ अन्तर्गत बाघझाेरा नजिकै रहेकाे पहिलाे घुम्तीमा
प्रदेश ३-०३-००१ प २१०५ नं. २२० सिसीकाे निलाे पल्सर माेटरसाईकल दुर्घटना हुँदा माेेेटरसाईकलमा सवार दुवैजना घाईते भएका छन् । तिव्र गतिमा गुडिरहेकाे माेटरसाईकलले बाघझाेरामा आर्मीकाे गाडीलाई साइड मागेपछि गाडीले साइड दिएकाे र केही अघि गईसकेपछि माेटरसाईकल बाघझाेराकाे पहिलाे घुम्तीमा अनियन्त्रित भई दुुर्घटना भएकाे हाे ।घाईतेलाई भैैंसेमा अवस्थित काली प्रसाद गण(ई) का नेपाली सेनाकाे टाेलीले र भैंसे प्रहरीकाे टाेलीले सेताे जिपमा राखिएकाे थियाे भने प्रहरी चाैकी भैंसेले हेटाैंडा अस्पताल पुराईएकाे थियाे ।
दुर्घटना हुँदा बारा जिल्ला वडा नं. १२ रतनपुरका २६ वर्षीय बुद्ध लामाकाे टाउकाे र कानकाे पछाडि चाेट लागिएकाे छ भने पछाडि बस्ने भिमफेदी-३ इक्चुङका २५ वर्षीय विमान थिङकाे अनुहार, बायाँ हात र टाउकाेमा चाेट लागिएकाे प्रहरी चाैकी भैंसेका प्रहरी सहायक निरीक्षक प्रभु राउतले बताए ।
(Reporter Eros Lama)