भिमफेदी- ३ मा राहत वितरण कार्यक्रम सम्पन्न तथा कार्यालय उद्घाटन
मकवानपुरकाे भिमफेेदी गाउँपालिका वडा नं. ३ झल्कनेमा माओवादी केन्द्र कार्यालय उद्घाटन तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
केही दिन अघि परेकाे चट्याङले घरमा रहेकाे बिजुलीकाे मिटर बक्स पड्किदा घरमा आगाे लागेकाेले क्षति पुगेकाहरूलाई वाइसियलले रासन वितरण गरिएको हाे ।
पिडितलाई केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी माेक्तानले भिमफेदी -३ माथिल्लाे गाेठ डाँडामा बसाेबास गर्ने इमान सिंह पाख्रिन र विमान सिंह पाख्रिनलाई ३ बाेरा चामल, १५ के.जी. दाल, एक कार्टुन तेल र नगद वितरण गरेकी थिइन्। उनले यसरी सहयाेग गर्न पाउँदा आफुलगायत सिंगाे पार्टी नै खुसी भएकाे बताईन् ।
केन्द्रीय सदस्य तथा नेकपा माओवादी मकवानपुरका जिल्ला ईन्चार्ज कुमारी माेक्तानकाे प्रमुख आतिथ्यता तथा नेकपा माओवादी जिल्ला अध्यक्ष तथा प्रदेश सांसद प्रेम बहादुर पुलामी (छिन्तु) काे विशेष आतिथ्यता रहेकाे कार्यक्रममा जिल्ला सचिवालय सदस्य बद्री बहादुर तामाङ,
जिल्ला सदस्यहरू रन्जित कुमार राना, अप्सरा लाेप्चन, मदन बर्ताैला, प्रिती लाल लामा, माओवादी केन्द्र गाउँपालिका अध्यक्ष दीपक गाेले, वडा नं. ४ अध्यक्ष नवराज माेक्तान, भिमफेदी ३ पार्टी ईन्चार्ज बुद्धिमान बज्यू, भिमफेदी ४ ईन्चार्ज अमृत बल, काे उपस्थिति रहेकाे थियाे । कार्यक्रम संचालन माओवादी केन्द्र भिमफेदी-३ का अध्यक्ष अर्जुन थिङले गरेका थिए । (Reporter Eros Lama)