बैशाख १२। भिमफेदी गाउँपालिका वडा नं. १ राताेमाटेमा भारतीय नंम्बरकाे NL-01 N-3092 ठूलाे ग्याँस बाेक्ने ग्याँस बुलेट गाडी आईतबार साँझ ५ बजेर १५ मिनेट जाँदा अनियन्त्रित भई सडककाे नालीपट्टी गएकाे छ । गाडी भारतीय कम्पनीकाे इन्डियन आयल एन.ओ.सी. रहेकाे छ । गाडीमा काठमाडौंकाे लागि खाना पकाउने साहारा ग्याँस रहेकाे भारत उत्तरा खण्ड घरभएका चालक विरेन्दर सिंहले बताए । चालकले मापसे गरेकाे र अनियन्त्रित भएर सडककाे नाला पट्टी गएकाे भैंसे प्रहरी पाेष्टका प्रहरी सहायक निरीक्षक प्रभु राओतले बताए । चालकलाई भैंसे प्रहरी पाेष्टले नियन्त्रणमा लिएकाे र कार्वाहीकाे प्रक्रिया अगाडि बढाइएकाे अस्थायी ट्राफिक पाेष्ट भैंसेका ट्राफिक प्रहरी जीव लाल भुषालले बताए ।
(Reporter Eros Lama)