राताेमाटेमा आज बिहान ४ बजे माेटरसाईकल दुर्घटना

image
शनिबार, बैशाख ११ २०७८

बैशाख ११, भिमफेदी । भिमफेदी गाउँपालिका वडा नं. १ राताेमाटेमा आज बिहान ४ बजे माेटरसाईकल दुर्घटना हुँदा स्थायी घर गाउँपालिका वडा नं. १ टाैबासका ३० वर्षीय माेटरसाईकल सवार पंकज मण्डल घाइते भएका छन् । 

भैंसे टाैबासबाट हेटाैंडा जाने क्रममा बागमती प्रदेश-०३-००२ प ६०३ नम्बरको माेटरसाईकल सडकबाट करिब ५० फिट तल 

खसेकाे थियाे । घाइतेलाई भैंसेस्थित नेपाली सेनाकाे कालीप्रसाद गण (ई)का मेजर श्री रानाकाे टाेली र भैंसे स्थित प्रहरी चाैकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रभु राओतकाे टाेलीले घाईतेकाे उद्धार गरी सेनाकाे गणकाे गाडीमा घाइतेलाई हेटाैंडा अस्पताल लगिने व्यवस्था गरिएको थियाे । 

"अत्यधिक स्पिडकाे कारण दुर्घटना भएकाे", प्रहरी सहायक निरीक्षक राओतले बताए । यसअघि पनि भैंसेस्थित नेपाली सेना र प्रहरीले विभिन्न उद्धारका काम गरेकाे स्थानीय बासिन्दा हरी लामाले बताए । घाईतेलाई सेनाले विरामी बाेक्ने स्टेचरकाे व्यवस्था गरेर अस्पतालसम्म लगिएकाे थियो । घटनास्थलमा भैंसे स्थित अस्थायी ट्राफिक पाेष्टका जवान प्रहरी जीवलाल भुषालका अनुसार दुर्घटना हुन नदिन सडक फराकिलाे पार्ने र सडककाे छेउछाउमा पर्खालकाे व्यवस्था गर्नुपर्ने बताए । (Reporter Eros Lama)