बाल संगठनमा मगर

image
शनिबार, चैत्र २८ २०७७

बाल संगठनमा मगर

भिमफेदी, २८/ मकवानपुरको भिमफेदी गाउँपालिका–६, भिमफेदीमा रहेको बालमन्दिरमा नेपाल बाल संगठन जिल्ला कार्य समितिको पहिलो साधारणसभा सम्पन्न भएको छ ।

 सभाले अशोक सारु मगरको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति चयन गरेको छ समितिको सदस्यहरुमा आशिष अस्लामी मगर, कविता पौडेल, दीलु घर्ती मगर, मनोज प्रधान, बालकृष्ण दाहाल, जनक लम्साल र जीवन तिमल्सिना चयन भएका छन् ।

 “भविष्यमा नै बाग्मती प्रदेश स्तरीय बाल ग्रामको निर्माण गरेर सबैले यसलाई ध्यान दिनुपर्ने”, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । अध्यक्ष्ँ लामाको सभापतित्व भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द« श्रेष्ठ, भिम आधार कम्युनिटी स्कुलका प्रमुख सुरेन्द« थीके, नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्यहरु शिव चौलागाई, अशोक सुजन श्रेष्ठ र संगठनका सदस्यहरुेका उपस्थिति रहेको थियो ।

  नियुक्ती भएका सदस्यहरुको पद विभाजन अर्को बैठकले निर्णय गर्ने र थप ३ जना चयन गरेर ११ सदस्यीय टोली गठन गर्ने अध्यक्ष अशोक सारु मगरले बताए । सदस्यहरुको निर्वाचन चयन  अधिवक्ता ऋषी केपीले गरेका थिए । कार्यक्रम सभापति हिदम लामाले दीप प्रज्वलन गरेरे उद्घाटन गरेका थिए । 

- Reporter Eros Lama