भिमफेदी/ हाल देशैभर फैलिरहेको कोरोना अर्थात कोभिड–१९ ले पार्ने असरलाई मध्यनजर गर्दै भिमफेदी गाउँपालिकाले पालिका भरी रहेका पालिका स्तरीय आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा - ८ को) परीक्षा बैशाख १९ गते आइतबारदेखि संचालन गर्ने भएको छ । व्यवस्थापन समितिको हिजो बसेको बैठकले २०७७ सालको गाउँपालिका स्तरीय आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (कक्षा - ८ को) को परीक्षा संचालन गर्न लागिएको हो । “हाल कोरोनको जोखिम बढ्दै गइरहेकोले कक्षा ८ को परीक्षा बैशाख १९ गते बाट संचालन गर्न लागिएको”, पालिका स्तरीय आधारभूत शिक्षा उत्तीर्ण परीक्षा कक्षा (८) का परीक्षा संचालक संयोजक जीवन कुवँरले बताए । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भने बैशाख १३ गतेदेखि नै संचालन गर्न लागिएको, भिमफेदी गाउँपालिका शिक्षा शाखाका शैक्षिक सुपरीवेक्षक गोविन्द प्रसाद चौलागाईले बताए । परीक्षा दिउँसो १ बजेदेखि ४ बजे सम्म रहने छ ।