बैशाख ०१, भिमफेदी गाउँपालिका वडा नं. ६ भिमफेदीमा बुधवार सांस्कृतिक कार्यक्रम समपन्न भएकाे छ । "नव वर्ष २०७८" सालकाे उपलझ्यमा भिम युवा क्लब भिमफेदीले कार्यक्रम आयाेजना गरेेको हो ।
कार्यक्रममा बाेल्दै क्लबका प्रतिनिधी राजकुमार लामाले भिमफेदीका युवाहरूको सक्रियतामा २०७५ सालमा स्थापना भएकाे क्लबले भिमफेदीका सबै युवाहरूकाे सहयाेगमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
"अब हरेक नव वर्षमा क्लबले सांस्कृतिक कार्यक्रम आयाेजना गर्न लागिएको र हरेक युवा युवतीहरूलाई भिमफेदीकाे बारेमा जानकारी रहाेस् भिमफेदीमा हरेक वर्ष भिमफेदीमा सांस्कृतिक कार्यक्रम हुन्छ भन्ने थाहा हुनको लागि सांस्कृतिक कार्यक्रम गरिएको", रेडक्रस साेसाइटीका अध्यक्ष रञ्जित रानाले बताए ।
कार्यक्रममा स्थानीयसँग सँगै भिमफेदी गाइजको नृत्य, निवुवाटार क्लबको ब्यान्डको प्रस्तुति रहेको थियो ।
निवुवाटार क्लबका प्रतिनिधि अनिल अधिकारीले संचालन गरिएको कार्यक्रममा वडा नं. ६ का अध्यक्ष जहारसिंह लामा स्थानीय पत्रकार सुरेन्द्र थिके, रञ्जित रानालगायतकाे उपस्थिति रहेको थियो । (Reporter Eros Lama)