भैंसे/ मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. २ भैंसेमा “कोरोनाविरुद्ध जनचेतना तथा मास्क वितरण” कार्यक्रम आइतबार सम्पन्न भएको छ । स्थानीय समाजसेवी दिलीप क्षेत्रीले भैंसे प्रहरी पोष्ट भैंसेका प्रहरी सहायक निरीक्षक प्रभु राओत र अस्थायी ट्राफिक पोष्ट भैंसेका प्रहरी जवान जीवलाल भुषाललाई सहयोग स्वरुप २०० वटा मास्क वितरण गरि कार्यक्रमको सरुवात गरिएको हो ।
“विश्वभर फैलिएको कोरोनालाई मध्यनजर गर्दै हाम्रो गाउँ, समाजमा यसको असर बारे जनचेतनाको कमी भएको कारण कार्यक्रम आयोजना गरिएको”, समाजसेवी क्षेत्रीले बताए । कार्यक्रममा बोल्दै प्रहरी पोष्टका सहायक निरीक्षक राओतले हरेक सवारीसाधमा भएको यात्रु तथा बाटोमा हिंड्ने बटुवाहरुलाई कोरोनाको बारेमा जनचेतना दिइएको बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रम गर्नको लागि सबैको साथ र सहयोग चाहिने बताए । “जनचेतना मुलक कार्यक्रम राखेकोमा निकै सहजता भएको र हरेक बस, तरकारी बोक्ने गाडी, अटो, मोटरसाइकलमा सवार सबैजनालाई मास्क वितरणसहित कोरोना विरुद्ध जनचेतना दिइएकोे”, ट्राफिक प्रहरी पोष्टका प्रहरी जवान जीव लाल भुषालले बताए । कार्यक्रममा वडा नं. २ का वडा सदस्य गोविन्द थापा, स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो । (Reporter Eros Lama)