नेशनल प्याब्सन, काठमाण्डौद्वारा २ चरणको तालिम सम्पन्न

image
आइतबार​, जेष्ठ ९ २०७८

जेठ ०९, काठमाण्डौ। कोभिड – १९ को कारणले शिक्षामा पारेको प्रभावलाई मध्यनजर गर्दै नेशनल प्याब्सन काठमाण्डौले देशब्यापी रूपमा हिजो ०८ गते शनिवार २ चरणमा शिक्षक तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

पहिलो चरणको कार्यक्रम बिहान ११ बजेदेखि ३ बजेसम्म भएको थियो । नेशनल प्यासब्सन काठमाण्डौ जिल्ला समितिको आयोजना तथा ऐराबति पब्लिकेसनको संयोजनमा नेपाली विषयको तालिम कार्यक्रममा बाग्मती प्रदेशका माननीय सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो । नेशनल प्याब्सनका केन्द्रिय समितिका अध्यक्ष रितुराज सापकोटा, पुर्व वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी प्रशिक्षक डा. राम प्रसाद ज्ञवाली, डा. देवी नेपाल, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराई, ऐराबति पब्लिकेसनका प्रमुख रामदेव पाण्डे, प्रदेश, जिल्ला तथा नगरपालिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता नेशनल प्याब्सन काठमाण्डौका अध्यक्ष खडक बस्नेत र सञ्चालन सचिव अमृत खड्का र प्रविधिमा सह कोषाध्यक्ष बिनय श्रेष्ठले गर्नुभएको थियो ।  कक्षा १ देखि १२ सम्मको नेपाली विषयको प्रशिक्षण प्रशिक्षक तथा सहजकर्ता डा. राम प्रसाद ज्ञवाली, डा. देवी नेपाल र गणेश भट्टराईले गर्नुभएको थियो ।  साथै दोस्रो चरणको कार्यक्रम अपराहन्न ४ बजेदेखि ६:३० बजेसम्म भएको थियो । उक्त कार्यक्रममा (कोभिडको समयमा बच्चाको मानसिक स्वास्थ्य र एकिकृत सिकाइ) “Children Mental Health and Learning integration during COVID” विषयमा कक्षा नर्सरी देखि कक्षा ३ सम्मका पुरूष तथा महिला शिक्षकहरूलाई प्रशिक्षक बालशिक्षा विशेषज्ञ तथा लेखिका सानू अमात्यले प्रशिक्षण दिनुभएको थियो । नेशनल प्याब्सन काठमाण्डौका उपाध्यक्ष मनोज अधिकारीको संयोजकत्वमा भएको उक्त तालिम कार्यक्रममा करिब ९०० सहभागिहरूको उपस्थिति रहेको थियो । 

(Reporter Sion Magar)