पाल्पामा पहिरोले पुरिँदा १ को मृत्यु १ बेपत्त्ता

image
बिहीबार, आषाढ २४ २०७८

हिजोदेखि लगातार बर्षाहुँदा पाल्पाको तिनाउँ गाउँपालिका-५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिँदा वीरबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको छ, भने ८ वर्षीय बालक आरब परियार बेपत्ता भएका छन् ।

बिहान साढे ३ बजे आएको पहिरोले सुजा परियार, नरबहादुर  राना,  हरि दर्लामी,  बलबहादुर पुन र वीरबहादुर गुरुङको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 

पहिरोले घाइते भएकाहरुलाई कल्याणी आधारभूत विद्यालयमा राखेर उपचार भइरहेको र विस्थापितलाई पनि त्यहीँ विद्यालयमा राखिएको प्रहरीले जनाएको छ ।