रामकोट स्वास्थ्यचौकीमा जोनसन (211C21A) खोप कार्यक्रम सम्पन्न

image
बिहीबार, श्रावण ७ २०७८

नागार्जुन, ०७/ नेपाल सरकारबाट काेभिड-१९ विरुद्ध उपलब्ध जोनसन एण्ड जोनसन (211C21A) खोप बिहीवार नागार्जुन -६ रामकोटस्थित स्वास्थ्य चौकीमा  खोप कार्यक्रम अन्तर्गत १८ वर्ष भन्दा माथिका सर्वसाधारणलाई खोप लगाईएको छ । अमेरिकन सरकारले कोरोना-१९ विरूद्धको उक्त खोप नेपाल सरकारलाई प्रदान गरेको हो । 

खोप कार्यक्रम साउन ४, ५ र ६ गते (१ हजार २ सय ५० डोज)  तोकिए पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले १८ वर्षभन्दा माथिकालाई पनि खोप लगाउनुपर्ने भएकोले थप १ हजार डोज खोप पठाएकोले साउन ७ गते भित्र कुल २ हजार २ सय ५० खोप सबै सर्वसाधारणलाई लगाइने स्वास्थ्यचौकी रामकोटका स्वास्थ्य कर्मी विराट अर्यालले बताए । उहाँका अनुसार पहिलो प्राथमिकतामा ५० वर्षदेखि ५४ वर्ष सम्मका वृद्ध-वृद्धा, दोस्रोमा स्वास्थ्य कर्मीसाथै सरसफाई कर्मी र अशक्त भएका व्यक्तिहरू रहने छ । 

हाम्रो स्वास्थ्य चौकीबाट स्वयम् सेवक र कर्मचारी गरि १४ जना साथै नेपाल प्रहरी, वडा अध्यक्ष, नागार्जुन नगरपालिकाका प्रतिनिधि, मानव अधिकार कर्मी र सहजीकरण कर्ताहरूको निगरानीमा खोप लगाइएको अर्यालको भनाई छ । 

https://youtu.be/3HOP1qdD4Iw