एसईई परीक्षाको नतिजा सार्वजनिक

image
शनिबार, श्रावण २३ २०७८

माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन भएको छ । २०७७ सालको एसईईको नतिजा आज शनिबार  प्रसारण गरेको हो । गत वर्ष पनि कोरोनाको कारण भौतिक रुपमा परीक्षा नभएपछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो ।

विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरेको हो । 

नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ र ३५००१ मा एसएमएस गर्न सकिने छ ।

नतिजाका निम्नलिखित साइटहरूबाट हेर्न सकिनेछ ।

www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np