भिमफेदी वडा नं. ६ मा वडा कमिटी र वाईसीएल वडा कमिटी गठन

image
सोमबार, भाद्र १४ २०७८

हेटौंडा, १४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्र भिमफेदी गाउँपालिका वडा नं ६ धोर्सिङमा गोपाल शर्माको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी र दीपक आले मगरको अध्यक्षतामा २५ सदस्यीय योङ्ग कम्युनिस्ट लिग वाईसीएल वडा कमिटी गठन गरिएको छ । 

भिमफेदी गाउँपालिका वडा नं. ६ का वडा कमिटी अध्यक्ष कमरेड गोपाल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३० जना नेकपा माओवादीमा प्रवेश गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सदस्य जिल्ला ईन्चार्ज कुमारी मोक्तानले "अब आउने चुनावबाट नेकपा माओवादी केन्द्र १ नं. पार्टीको रूपमा आउने", दाबी गर्नुभयो । 

३ नं. वडा अध्यक्ष अर्जुन थिङले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य बद्री बहादुर स्याङ्तान, जिल्ला सदस्यहरु रन्जित कुमार राना, अप्सरा लोप्चन, प्रीति लाल लामा, मदन बर्तौला, माओवादी केन्द्र भिमफेदी गाउँपालिका अध्यक्ष दिपक गोले, गाउँपालिका सदस्यहरु सुमित्रा लामा, कृष्ण वाइबा, ४ नम्बर वडा कमिटी अध्यक्ष नमराज लामा, अखिल क्रान्तिकारी पूर्व जिल्ला सदस्य जस्मिना सुनारी, अखिल क्रान्तिकारी पूर्व भिमफेदी अध्यक्ष अन्जली मगर, मनिशा लामाको आतिथ्यता रहेको थियो । 

(Iroj Lama)