अनेरास्ववियुद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईयो

image
आइतबार​, आश्वीन १० २०७८

मकवानपुर, १० असोज/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन(अनेरास्ववियु) मकवानपुरद्वारा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेलाई ज्ञापनपत्र बुझाईएको छ । सेनेटरी प्याडमा लागेको दश प्रतिशत भ्याट खारेजीको माग गर्दै आईतबार अनेरास्ववियु मकवानपुरका महिला प्रमुख स्ववेक्षा तारा दङगालकाे संयोजकत्वमा मकवानपुरका प्रजिअ भरत मणि पाण्डेलाई ज्ञापनपत्र बुझाईएको हाे ।

"महिनावारी महिलाकाे रहर नभई बाध्यता रहेकाे र प्याडमा सरकारले कर बढाउन नहुने र सकेसम्म प्याडलाई निशुल्क वितरण गर्नुपर्ने",  महिला प्रमुख दंगालले बताईन् । 

राताे कर खारेज गर, ए सरकार प्याडमा त कर नलगाईदे, राताे कर  माफ गर चेली नमार, महिनावारी रहर हाेइन बाध्यता हाे, भन्ने नारा लगाई हेटौंडा क्याम्पसबाट सुरु गरिएको र्याली जिल्ला प्रशासन कार्यलयमा पुगेर टुंगिएको थियाे ।