भैंसे, ०२ असाोज/ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र भिमफेदी-२ भैंसेमा विभिन्न पार्टी परित्याग गरि २५ जना नेकपा माओवादी पार्टीमा प्रवेश गरिएको छ । भैंसेमा आयोजित पार्टी कमिटीको विस्तारीत बैठक कार्यक्रममा शनिबार प्रवेश गराईएको हो ।
कार्यक्रममा लेखराम डिमडुङको अध्यक्षतामा ३० सदस्यीय भिमफेदी-२ वडा कमिटी गठन र राजेश ठकुरीको अध्यक्षतामा १६ सदस्यीय भिमफेदी गाउँपालिका वडा नं. २ वाईसीएल कमिटी गठन भएको छ । वडा कमिटीको सचिवमा नारायण स्याङतान र सदस्यहरूमा भिमसेन सिंजाली, सूर्य बहादुर घलान, भक्त बहादुर प्रजा, सरस्वती प्रजा, श्याम बर्ताौला, देवल सिंह बल, दर्मा सिन्तान, उर्वशी लामा, प्रकाश पाख्रिन, सिंगा बहादुर मोक्तान लगायत अन्य सदस्यहरू र वाईसीएल कमिटीको उपाध्यक्षमा प्रतिमा राना, सचिवमा गजुर सिंह लुङवा, सह-सचिवमा पुष्पा तामाङ र सदस्यहरूमा सुमन जर्गा, खेमराज घिसिङ, प्रताप थोकर, लक्ष्मण घलान, पूर्णबहादुर थिङ, गोपी राम मोक्तान, संजित मोक्तान, विजयराम मोक्तान, युवराज सुनारी, दिल बहादुर थापा, कृष्ण दैला, सितराम मोक्तान रहेका छन् ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेश सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमारी मोक्तानले नेपाली जनताको लागि एमसीसी मान्य नहुने बताउँदै ओली सरकारले एमसीसी भित्र्याउन सभामुखलाई विभिन्न आलोचना लगाएर हटाएको र आफ्नै पार्टीको सभामुखलाई राखेर एमसीसी पास गराउन खोजिएको बताउनुभयो। उहाँले सबै मिलेर पार्टीको निम्ति संघर्ष गरि पार्टीलाई देशकै ठूलो पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।
"माओवादीको अर्थ भनेको परिवर्तन हो, माओवादीले परिवर्तन, विकास र समानताको सिद्धान्तमा रहेर काम गर्ने हुँदा सबैले पार्टीलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने," विशिष्ट अतिथि भिमफेदी गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष बद्री बहादुर स्याङतानले बताउनुभयो । त्यस्तै, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य रञ्जित रानाका अनुसार केपी ओेलीको कारण नेकपा फुटेसँगै एमाले पनि फुटेको हुनाले देशमा राजनीतिक अस्थिरता छाएकोले संघियता लोकतन्त्र नै धरापमा परेको बताउनुभयो । उहाँका अनुसार अब असल कम्युनिस्टहरु एक जुट भई प्रतिगमनकारीहरू विरूद्ध लडी संघीयता र लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिका ४ का पार्टी कमिटी अध्यक्ष अमृत बलले संचालन गर्नुभएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्यहरू अप्सरा लोप्चन, प्रितीलाल लामा, भिमफेदी गाउँपालिका वाईसीएल अध्यक्ष बुद्धिमान बज्यु, उपाध्यक्ष अनोज वि.क., भिमफेदी गाउँपालिका गाउँपालिका सचिवालय धावा थोकर, भिमफेदी गाउँपालिका २ नं. ईन्चार्ज भिमबहादुर थोकर, शिक्षक महासंघ जिल्ला उपाध्यक्ष मीनबहादुर सिन्तान, अखिल क्रान्तिकारी पूर्व जिल्ला सदस्य जस्मिना सुनारी, अखिल नेपाल ट्रेड युनियन भिमफेदी गाउँपालिका अध्यक्ष नेमा डिमडुङलगायतक उपस्थिति रहेको थियो ।
कार्यक्रममा १३० जनाको सहभागीता रहेको थियो ।
- इरोज लामा