मकवानपुर, नेकपा माओवादी केन्द्र भिमफेदी-९ मा विभिन्न पार्टी परित्याग ४० जना माओवादीमा प्रवेश गरेका छन् । मंगलबार भएकाे वडा कमिटीकाे भेलामा पार्टी प्रवेश गरेका हुन् ।
भेलामा वडा नं. ६ बाट उज्वल पुलामि मगर, वडा नं. ९ एमालेबाट देव बहादुर मोक्तान, चन्द्र ब. मुक्तान, रुपचन्द्र मुक्तान, कमल मुक्तान, श्रीमान मुक्तान, काङ्ग्रेसबाट राम बहादुर मुक्तान, राज कुमार, कृष्ण बहादुर, कपिल मुक्तान, वीर मान मुक्तान लगायत ४० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
भेलाले मिलन गोलेको अध्यक्षतामा २९ सदस्यीय ९ नं. नयाँ वडा कमिटी गठन र विकास मुक्तानको अध्यक्षतामा २५ सदस्यीय वाईसीएल (YCL) कमिटि गठन गरेका छन् ।
मिलन गाेलेकाे अध्यक्षतामा तथा मकवानपुर जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य कुमारी माेक्तानकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा विशिष्ट अतिथि मकवानपुर जिल्ला सचिवालय सदस्य भिमफेदी गाउँपालिका इन्चार्ज कमरेड बद्री बहादुर स्याङ्तान, अतिथिहरु जिल्ला सदस्य कमरेड रन्जित कुमार राना, अप्सरा लोप्चन, प्रीतिलाल लामा, मदन बर्तौला, पालिका आत्माराम मुक्तान, अध्यक्ष दिपक गोले, पालिका सदस्य सिताराम गोले, वाईसीएल (YCL) भिमफेदीका अध्यक्ष बुद्धि मान बज्यु, वाईसीएल गाउँपालिका सह-सचिव दिपक आलेको आतिथ्यमा भेला सम्पन्न भएको थियाे ।
भेला वडा कमिटी सचिव कमरेड उदय हट्वालले सञ्चालन गर्नु भएको थियो।
- इरोज लामा