स्थानीय तहकाे चुनाव मिति घाेषणा गरेकाेमा हामी खुसी छाैं: अध्यक्ष कमरेड स्याङतान 

image
मङ्गलबार, फागुन ३ २०७८

मकवानपुर,०३ फागुन/ नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिकाकाे कमिटी पदाधिकारीहरूकाे बैठक वडा नं. ४ चिउरीबगैंचामा आईतबार सम्पन्न भएकाे थियाे । २७ औ‌ं जनयुद्ध दिवसकाे अवसर पारेर बैठककाे आयोजना  गरिएकाे थियाे । 

बैठकले सरकारले घोषणा गरेको स्थानीय तह चुनावको स्वागत गर्दै यही १० गते मंगलबार सम्ममा गाउँपालिका भरिका सबै वडाहरूमा वडा कमिटकाे बैठक गर्ने निर्णय गरिएकाे थियाे । 

नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिका कमिटीका अध्यक्ष कमरेड बद्री बहादुर स्याङ्तानको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि प्रदेश सदस्य कमरेड अप्सरा लाेप्चन, अतिथिहरू गाउँपालिका उपाध्यक्ष  कमरेडहरू प्रीती लाल लामा  मदन बर्ताैला, सचिव कमरेड रञ्जित कुमार राना, सह-सचिव कमरेड दिपक गाेले, काेषाध्यक्ष कमरेड अमृत बललगायत अन्य कमरेडहरूकाे आतिथ्तामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

- इरोज लामा